Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३
फाइल तस्बिर

काठमाडौं । पाकिस्तान क्रिकेटका विश्वविजेता पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि जेलबाट इस्लामाबादस्थित निजी अस्पतालमा सारिएको छ ।

७३ वर्षीय इमरानलाई शुक्रबार बिहान कडा सुरक्षा व्यवस्थाबीच आदियाला जेलबाट शिफा इन्टरनेसनल अस्पताल लगिएको हो । पाकिस्तानको सर्वोच्च अदालतले उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बहुविषयगत चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षण तथा उपचार गराउन आदेश दिएको थियो ।

इमरानको दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले पनि उनलाई अस्पताल सारिएको पुष्टि गरेको छ ।

उनको स्वास्थ्यबारे पीटीआई र कानुनी टोलीले फेब्रुअरीदेखि नै निरन्तर चिन्ता व्यक्त गर्दै आएका थिए । एक समय उपचार नपाउँदा उनको दाहिने आँखाको दृष्टि १५ प्रतिशतमा झरेको दाबीसमेत गरिएको थियो । त्यसपछि उनलाई केही पटक सरकारी अस्पतालमा छोटो अवधिका लागि परीक्षण गराइएको थियो ।

यसअघि ग्रेग च्यापेल, सुनील गावस्कर र कपिल देवसहित १४ पूर्व अन्तर्राष्ट्रिय कप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई खुला पत्र लेख्दै इमरानलाई सम्मानजनक र मानवीय व्यवहारसहित उचित उपचार उपलब्ध गराउन आग्रह गरेका थिए ।

सन् २०२३ अगस्टदेखि आदियाला जेलमा रहेका इमरान भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामा सजाय भोगिरहेका छन् । उनी र उनको दलले भने आफूविरुद्धका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं