Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३

विराटनगर । विराटनगरको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री राधाकृष्ण रथयात्रालाई व्यवस्थित, भव्य र पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउन प्रदेश सरकारको सहयोग माग गरिएको छ।

रथयात्रा समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की लगायत समितिका सदस्यहरू मन्त्रालय पुगेर कोसी प्रदेश सरकारकी पर्यटन मन्त्री खिनु लङ्वा लिम्बू समक्ष रथयात्राका लागि प्रदेश सरकार तथा पर्यटन मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरेका हुन्।

भेटका क्रममा रथयात्राको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराउँदै यसको व्यवस्थापन, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारको सहकार्य आवश्यक रहेको समितिका पदाधिकारीहरूले बताएका थिए।

विराटनगरका युवा नेता ओसिम आलमका अनुसार राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको गौरवपूर्ण पर्व हो। यसलाई थप व्यवस्थित र भव्य बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने गरी अघि बढाउन प्रदेश सरकारको साथ र सहयोग महत्त्वपूर्ण हुने उनले बताए।

आलमले रथयात्रालाई केवल धार्मिक उत्सवका रूपमा सीमित नराखी विराटनगरको पर्यटन तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

रथयात्राको व्यवस्थापन, सुरक्षा, प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनमा प्रदेश सरकार र सम्बन्धित निकायबिच सहकार्य बढाउनुपर्नेमा समेत भेटमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं