Lite Nepal

शनिबार, भाद्र ०६, २०८३

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।

महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू सतर्कता तहभन्दा तल बगिरहेका छन्। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सतर्कता तहभन्दा तल नै रहेको छ।

आगामी तीन दिन कोशी र नारायणी बेसिनका नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ। कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीमा बहाव उल्लेख्य बढ्नेछ।

यसैगरी नारायणी बेसिनअन्तर्गत पर्ने नारायणी, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालिगण्डकी नदीमा पनि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने बहाव सामान्य मात्र बढ्ने अवस्था छ।

ठुला नदीहरूबाहेक देशका विभिन्न जिल्ला भई बग्ने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। शनिबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र डोटी आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने अवस्था छ। यी क्षेत्रका नदीहरूमा ‘आकस्मिक बाढी’ आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको महाशाखाको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं