Lite Nepal

आइतबार, भाद्र ०७, २०८३

काठमाडौं । जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड मापन गरेको छ ।

भूकम्पबाट इबाराकी, चिबा र साइतामा प्रिफेक्चरमा कम्तीमा पाँच जना घाइते भएका छन् । थप मानिस घाइते भएको हुनसक्ने भन्दै विवरण संकलन भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं