सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा एक ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार घरपछाडि करिब ६० मिटर टाढा झाडीमा मृत फेला परेकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्। त्यसपछि उनी नदेखिएपछि परिवारले खोजी गर्ने क्रममा झाडीमा शव फेला पारेको हो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन प्रक्रिया अघि बढाइएको छ ।
