Lite Nepal

आइतबार, भाद्र ०७, २०८३

जनकपुर । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि उनको शव घरको पछाडिपट्टि रहेको झाडीमा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काका अनुसार नाबालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी थालेको थियो। खोजीका क्रममा उनी घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको देखिएको एसपी खड्काले बताए।

घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको विवरण तथा घटनाबारे थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं