विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी अस्पताल पुर्याएको छ।
मालपोत कार्यालय अगाडि अन्दाजी २–३ दिनको नवजात शिशु (छोरा) फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्याएको हो।
प्रहरीका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। शिशुलाई कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
