Lite Nepal

बुधबार, भाद्र १०, २०८३

नुवाकोट । रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ।

बाढीले त्रिशूली बजार आसपासका करिब ६० घरका साथै नदीमा रहेका दुई वटा पक्की पुल बगाएको छ।

बाढीको पूर्व सूचना समयमै प्राप्त भएकाले त्रिशूली नदी आसपासका स्थानीय बासिन्दाहरू बेलैमा सुरक्षित स्थानमा सरेका थिए। ज

सका कारण हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

बाढीले भौतिक संरचनामा भने व्यापक क्षति पुर्‍याएको छ।

जलविद्युत् क्षेत्रमा ठूलो आघात पुग्ने गरी बाढीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ।

यसै गरी २५ मेगावाट क्षमताको सौर्य (सोलार) प्लान्टका तीन वटा ब्लक र सब स्टेसनसमेत बाढीले बगाएको छ।

प्रशासनका अनुसार बाढीले पुर्‍याएको कुल क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं