Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली व्यापक रूपमा परिचालन गरिएको छ।

आज बिहान भोटेकोसी नदीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको जानकारी प्राप्त हुनासाथ सेनाको उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सैनिक मुख्यालयका अनुसार खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सेनाका दुईवटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण गरिसकेका छन्। घाइतेहरूको उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा आपत्कालीन मेडिकल टोलीसमेत परिचालन गरिएको छ।

उद्धार कार्यका लागि धुन्चे र त्रिशूलीस्थित सैनिक ब्यारेकबाट टोलीहरू प्रभावित क्षेत्रतर्फ खटिएका छन्। त्यस्तै, धादिङको गजुरीस्थित ६ नम्बर बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा तालिमप्राप्त दक्ष जनशक्तिलाई समेत परिचालन गरिएको सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं