काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको स्थापना दिवस तथा छैटौँ अधिवेशनको मिति सरेको छ ।
यस अघि भदौ १६ गतेलाई कार्यक्रम तय भए पनि कार्यसमिति परिवर्तनसहितको अधिवेशन हुनेभएकोले भदौ २० गते शनिवारका लागि नयाँ मिति तय भएको केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले जानकारी दिए ।

‘स्थापना दिवस १६ गते परे पनि, कार्यसमिति नै परिवर्तन हुने अधिवेशन भएकाले शनिवारलाई सारिएको हो । सार्वजनिक बिदामा सबैको उपस्थिति पनि हुन्छ,’ उपाध्यक्ष मादेनले भने ।
१६ गतेलाई तय भएका सबै कार्यक्रम अब २० गते हुनेछन् । यस पटक उपत्यकामा बसोबास गर्दै आएका ताप्लेजुङका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने योजना सरोकार केन्द्रले बनाएको छ ।
कार्यक्रम काठमाडौंको डिल्लीबजारस्थित अमृत भोग पार्टी प्यालेसमा हुनेछ ।