Lite Nepal

बुधबार, भाद्र १०, २०८३

विराटनगर । सुपरस्टार यशको प्रतीक्षित फिल्म ‘टक्सिक’ प्रदर्शनमा आएसँगै दर्शकमाझ उत्साह देखिएको छ। विराटनगरस्थित सेन्ट्रल महलमा आजदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकको राम्रो साथ पाएको छ।

फिल्मका अधिकांश शो आज बेलुकासम्म हाउसफुल भएको हलले जनाएको छ। फिल्म प्रदर्शनमा आएसँगै यशका नेपाली फ्यानहरू चलचित्र हेर्न हल पुगेका छन्।

चलचित्र हेरेपछि दर्शकहरूसँग लिइएको प्रतिक्रियामा पनि फिल्मप्रति सकारात्मक धारणा देखिएको छ। दर्शकहरूले यशको अभिनय, चलचित्रको प्रस्तुति तथा कथावस्तु राम्रो लागेको प्रतिक्रिया दिएका छन्।

फिल्म हेर्न आएका दर्शकको उत्साह र अधिकांश शो हाउसफुल हुनुले ‘टक्सिक’ले विराटनगरमा राम्रो सुरुवात गरेको देखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं