Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाण्डौँं । रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै झन्डै ४ सय पर्यटक सम्पर्कविहीन भएको जनाएको छ। सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन्। ट्राभल एजेन्सी, गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग पुष्टि गरेपछि बोर्डले पर्यटकहरू सम्पर्कविहीन भएको जनाएको हो।

बोर्डका अनुसार सम्राट टुर्स एन्ड ट्राभल्सबाट गएका ७१ जना सम्पर्कविहीन छन्। तीमध्ये ५९ भारतीय र १२ नेपाली छन्। काठमाडौं होलिडेजबाट गएका १७ जना सम्पर्कविहीन छन्, जसमा १ विदेशी र १५ नेपाली रहेको जनाइएको छ। त्यस्तै, लिफ होलिडेजका ५५ जना सम्पर्कविहीन छन्। तीमध्ये ४६ भारतीय र ९ नेपाली छन्। कैलास जर्नीबाट गएका ३१ जना सम्पर्कविहीन छन्, जसमा २६ विदेशी र ५ नेपाली छन्।

यसैगरी, एक्स्प्लोर भ्याकेसनबाट गएका ७ नेपाली सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। ट्रेकर्स सोसाइटीबाट गएका ९२ जना सम्पर्कविहीन छन्, जसमा ७७ विदेशी र १५ नेपाली छन्। रिचा टुर्स एन्ड ट्राभल्सबाट गएका १२ जना सम्पर्कविहीन छन्। तीमध्ये ८ विदेशी र ४ नेपाली छन्। फिस्टेल टुर्स एन्ड ट्राभलबाट गएका २७ जना सम्पर्कविहीन छन्, जसमा २० विदेशी र ७ नेपाली छन्।

हिमालयन ग्लेसियरबाट गएका ५२ जना सम्पर्कविहीन रहेकोमा ३७ विदेशी र १५ नेपाली छन्। त्यस्तै, अल्पाइन इको ट्रेकबाट गएका २० जना सम्पर्कविहीन छन्, जसमा १६ विदेशी र ४ नेपाली रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं