Lite Nepal

बिहिबार, भाद्र ११, २०८३

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले समयमै पूर्वसूचना नदिएको भन्ने आरोपलाई नेपालस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासले उक्त आरोपलाई ‘पूर्णतः भ्रामक र असत्य’ भन्दै आपत्ति जनाएको हो।

दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा चिनियाँ पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपलाई ‘फेक न्युज’ भन्दै अस्वीकार गरेको छ। चीनले पूर्वचेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति भएको र चीनतर्फ रहेको भौगर्भिक विपद्का कारण बनेको बाँध भत्किँदा नेपालले ठूलो क्षति व्यहोर्नुपरेको भन्ने दुवै दाबी गलत रहेको दूतावासको भनाइ छ।

दूतावासका अनुसार, २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको थियो। त्यसपछि विशाल पहिरो खसेको र त्यसले रसुवागढी–केरुङ सीमा क्षेत्रमा नेपाल तथा चीन दुवैतर्फ ठूलो मानवीय क्षति भएको दाबी चिनियाँ पक्षको छ।

उक्त घटनाका कारण मानिसहरू बेपत्ता भएको भन्दै दूतावासले विपद्को यस्तो संवेदनशील घडीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा उद्धार तथा राहतका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएको छ। चिनियाँ दूतावासको सन्देश छ,‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं