Lite Nepal

बिहिबार, भाद्र ११, २०८३

विराटनगर । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि पूर्व प्रहरी प्रमुख (आईजीपी) चन्द्रकुबेर खापुङले आफ्नो एक महिनाको पेन्सन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले एक महिनाको पेन्सन रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको खापुङले बताएका छन्। उनले विपद्को यस कठिन घडीमा बाढीपीडितको राहत र उद्धारका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेका छन्।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ। बाढीपीडितको तत्काल उद्धार, राहत तथा पुनः स्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं