Lite Nepal

बिहिबार, भाद्र ११, २०८३

विराटनगर । रसुवा जिल्लाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

अध्यक्ष राउतले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको जानकारी दिँदै महासंघ कोशी प्रदेशले दुःखको यस घडीमा प्रभावित उद्योगी, व्यवसायी तथा संघ–संस्थाहरूलाई आफ्नो स्तरबाट सम्भव भएसम्म सहयोग तथा राहत उपलब्ध गराउनसमेत आग्रह गरेको छ।

रसुवा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको पछिल्लो विवरण सार्वजनिक भइरहेका बेला विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूले समेत राहत तथा उद्धारका लागि आर्थिक सहयोग घोषणा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं