विराटनगर । अमर न्यौपानेद्वारा लिखित चर्चित कृति ‘सेतो धरती’ विराटनगरस्थित गुरुकुलमा मञ्चन हुने भएको छ। सुन्दर धितालको निर्देशन तथा रेखा थापाको निर्माणमा तयार भएको नाटक विराटनगरमा विशेष मञ्चन हुन लागेको हो।
नाटक भदौ १२ गतेदेखि १४ गतेसम्म मञ्चन हुनेछ। नाटकका शोहरू बिहान ९ बजे, दिउँसो १२ बजे र बेलुका ३ बजे सञ्चालन हुने आयोजकले जनाएको छ। सेतो धरती ले नेपाली समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गर्नेछ।
