काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
एनसेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने जनाएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि कम्पनीले सहयोग घोषणा गरेको हो।

त्यसैगरी, प्रभावित क्षेत्रमा रहेका ग्राहकलाई तीन दिनसम्म भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराएको एनसेलले जनाएको छ।
एनसेलकी निर्देशक विशाखा लक्ष्मी खड्काले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन्।