Lite Nepal

बिहिबार, भाद्र ११, २०८३
फाइल तस्बिर

बेइजिङ । नेपाल–चीन सीमामा पर्ने छोचेन खोला र पुरेपु साङ्पो नदीको दोभान नजिक ठूलो ताल बनेको छ। चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने पानी बाहिर बग्न थालेको अनुमान गरिएको छ।

चीनको ग्लोबल टाइम्स र चाइना सेन्ट्रल टेलिभिजनका अनुसार आगामी तीन दिनमा तालमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अपेक्षा गरिएको छ। पानीको मात्रा बढ्दै गएसँगै ताल फुट्ने जोखिम उच्च रहेकाले चिनियाँ अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेका छन्।

सम्भावित ताल फुटेमा आउन सक्ने बाढीलाई ध्यानमा राख्दै चिनियाँ अधिकारीहरूले बाढीको सिमुलेसन तथा जोखिम विश्लेषण गरिरहेका छन्। साथै, आपत्कालीन उद्धारका लागि जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर र राहत संस्थाहरूलाई परिचालन गरिएको छ।

नेपालतर्फबाट आएको लेदोसहितको पहिरोले तिब्बतको जिरोङ ९केरुङ० नाकामा समेत क्षति पुर्‍याएको छ। निरन्तर वर्षा, भौगोलिक कठिनाइ र थप विपद्को जोखिमका बीच चिनियाँ टोलीले विमान, उद्धार उपकरण र राहत सामग्रीसहित उद्धार तथा राहत कार्यलाई तीव्र बनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं