काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाउने २७० जनाको शव फेला परेको छ। प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको हो।
यस्तै, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीमा परी घाइते भएका ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

उपचाररत रहेकामध्ये १४ जना डिस्चार्ज भइसकेका छन्। प्रहरीका अनुसार २८ जना प्रहरी कर्मचारीसमेत अझै सम्पर्कविहीन छन्।