विराटनगर । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सतर्क रहन आग्रह गरेको छ। प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्मलाई तत्काल सतर्क रहन आग्रह गरेको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको बताएका छन्।

प्रजिअ परियारले अनलाइनखबरसँग भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ। नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।’
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको बताइएको छ। छोचेन खोला र पुरेपू त्साङ्पोलाई त्रिशूली नदीअन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छ।