मोरङ । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि मोरङका १५ जना अझै सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट पुगेका १५ जना हालसम्म सम्पर्कविहीन रहेकाले निरन्तर खोजी भइरहेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तीन जनालाई उद्घार गरी विभिन्न अस्पतालमा उपचार जारी रहेको जानकारी दिए। उनका अनुसार हालसम्म सम्पर्क हुन नसकेकामा विराटनगर महानगरपालिका(७ का शिवशङ्कर गुप्ता र सोमप्रसाद कटेल, बेलबारी नगरपालिका(११ का अनुज धमला, सुन्दरहरैचा नगरपालिकाकी पुजा आचार्यसहित तीन वर्षीया छोरी, सूर्यबहादुर कार्की र भोजराज अधिकारी, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, शोना चेम्जोङ, देवीमाया तामाङ, पासाङ तामाङ, रङ्गेली नगरपालिका(६ का सुरज मण्डल, पथरी सनिश्चरे नगरपालिका(७ की रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम र विराटनगर(१ का दुर्गाप्रसाद पोखरेल छन्।
