Lite Nepal

शनिबार, भाद्र १३, २०८३

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच ऐतिहासिक तेल सम्झौता भएको घोषणा गरेका छन् ।

ट्रम्पले यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता को संज्ञा दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिँदै ट्रम्पले निजी क्षेत्रसँगको साझेदारीमा अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेल भन्दा बढी प्रमाणित तेल भण्डारमा नियन्त्रण कायम गरेको बताए। उनले यस प्रक्रियामा अमेरिकी करदाताहरूको कुनै पनि खर्च नभएको दाबी समेत गरे।

ट्रम्पकाअनुसार यो सम्झौताले अमेरिकाको वर्तमान तेल भण्डारलाई दोब्बरभन्दा बढी बनाउनेछ । यसबाट तेलको आपूर्तिमा उल्लेख्य वृद्धि हुने र दीर्घकालीन रूपमा अमेरिकी नागरिकका लागि ग्यासको मूल्यमा ठूलो गिरावट आउने उनले उल्लेख गरेका छन् ।

फेब्रुअरीको अन्त्यतिर इरानसँगको द्वन्द्व चर्किएसँगै अमेरिकामा तेलको मूल्य तिब्र गतिमा बढिरहेको छ, जसले त्यहाँ मुद्रास्फीतिको चिन्ता बढाएको छ। यसै पृष्ठभूमिमा ट्रम्पको यो घोषणा आएको हो । उल्लेखनीय छ कि भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं