विराटनगर । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। नेपाल प्रहरीले आइतबार दिउँसो २ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा विपद्का घटनामा ७६८ जनाको शव फेला परेको छ भने २,७१५ जनाको उद्धार तथा उपचार गरिएको छ।
नेपाल प्रहरीका अनुसार बाढीपछि २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। उद्धार तथा खोजी कार्यमा देशभरबाट ७,८३४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, चितवनमा २६४, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १०० जना रहेका छन्। त्यस्तै, उद्धार तथा घाइतेको विवरणअनुसार रसुवामा ६९२, नुवाकोटमा २,०२० र धादिङमा ३ जना गरी कुल २,७१५ जनाको उद्धाररघाइतेसम्बन्धी विवरण सार्वजनिक गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको संख्या १६० जना रहेको प्रहरी अपडेटमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेका छन्।