Lite Nepal

आइतबार, भाद्र १४, २०८३

काठमाडौं । फेसबुकमा लेख्दै ‘शव गाड्नु उपयुक्त नहुने’ विचार राखेका कोशी प्रदेश सचिव कोषहरि निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवाको टिमुरे खटाइएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई टिमुरे खटाउने निर्णय गरेको हो ।

उनले शनिबार मात्रै फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव लेखेका थिए ।

कोभिडको समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी रहेको र त्यो बेला शव व्यवस्थापनबारे काम गरेको भन्दै फेसबुकमा अनुभव लेखेका थिए ।

आफ्नो धर्म, परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने तर्क राख्दै निरौलाले शव गाड्न नहुने विचार राखेकै भोलिपल्ट काजमा सरुवा गर्ने निर्णय गरिएको हो ।

निरौलाले उक्त स्टाटस भने हाल हटाएका छन् ।

यस्तो थियो निरौलाको स्टाटस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं