Lite Nepal

सोमबार, भाद्र १५, २०८३
फाइल तस्बिर

विराटनगर । प्रहरीले मोरङ र इलामबाट चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले इलामबाट एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ भने मोरङबाट तीन थान भरुवा बन्दुकसहित अन्य सामग्री बेवारिसे अवस्थामा बरामद गरेको हो ।

इलामको देउमाई नगरपालिका–५ का ३६ वर्षीय राजकुमार तामाङलाई घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । भदौ १४ गते इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले तामाङको घर खानतलासी गर्दा एक थान भरुवा बन्दुक फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित मयुर सामुदायिक वनभित्र चोरी–शिकार हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

सो क्रममा जंगलमा बोरा भित्र बेवारिसे अवस्थामा राखिएका तीन नाल भरुवा बन्दुक, फलामको नाल एक थान, १९ ग्राम २४० मिलिग्राम बारुद, ९८ वटा फलामका बेरिङ, १३ वटा फलामका टुक्रा तथा झुम्रो बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएका हातहतियार तथा अन्य सामग्रीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं