Lite Nepal

सोमबार, भाद्र १५, २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको उद्धार टोली फर्किएको छ ।

सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो । टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाई खोजी गरेको थियो ।

तर, लामो समयसम्म खोजी गर्दा पनि सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं