पाँचथर । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड ५१ दिनपछि सञ्चालनमा आएको छ। माई खोलानजिक सडक भासिएर अवरुद्ध भएको उक्त खण्डमा साना गाडी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।
विभिन्न संरचना निर्माण गरी साना गाडी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ। दीर्घकालीन रूपमा सडकको समस्या समाधान गर्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ।

राजदुवाली सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनले वैकल्पिक बाटो प्रयोग गर्दै आएका थिए। तर, वैकल्पिक बाटोमा पुल नहुँदा र सडक कच्ची भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको थियो।
पछिल्लो समय राजदुवाली खण्डमा लामो समयसम्म सडक अवरुद्ध भएको हो। २०८१ सालमा उक्त खण्ड तीन दिन अवरुद्ध भएको थियो भने २०८२ असोजमा १४ दिन सडक अवरुद्ध भएको थियो। यसपटक भने सडक ५१ दिनसम्म अवरुद्ध भएको हो।