Lite Nepal

सोमबार, भाद्र १५, २०८३
फाइल फोटो

विराटनगर । हालै आएको बाढीपहिरोबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विराट नेवाः पुचः, विराटनगर–कञ्चनबारीले दुःख व्यक्त गरेको छ।

पुचःका अध्यक्ष जयकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरिएको छ।

विज्ञप्तिमा विपद्को यस कठिन समयमा सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न र राहतका हात बढाउनसमेत आह्वान गरिएको छ।

यसैबीच, नजिकिँदै गरेको गाईजात्रा पर्वलाई उत्सवका रूपमा नभई परम्परा र संस्कृति जोगाउने गरी साङ्केतिक रूपमा मात्र मनाउने निर्णय गरिएको पुचःले जनाएको छ। विराट नेवाः पुचःद्वारा आयोजना गरिने गाईजात्रा पर्वबाहेकका अन्य सबै लाखे नाच तथा सांगीतिक र सांस्कृतिक कार्यक्रमहरू हालका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।

पुचःले विपद्का कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगमा जुट्न सबैमा आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं