Lite Nepal

मंगलबार, भाद्र १६, २०८३
तस्बिर स्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ स्थित दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले एक नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिनुका साथै बेवारिसे अवस्थामा रहेको अर्को एक नाल भरुवा बन्दुकसमेत बरामद गरेको हो।

भदौ १५ गते मकालु गाउँपालिका–५ का २९ वर्षीय सिताराम गुरुङले भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी नुम, संखुवासभाबाट प्रहरी टोली खटिएको थियो।

प्रहरीले गुरुङको घरमा खानतलासी गर्दा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक, तयारी बारुद १०० ग्राम र छर्रा २० पिस फेला पारेको थियो। त्यसपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको हो।

यसैगरी, मकालु गाउँपालिका–५ मांसिमास्थित ढुङ्गाको ओडारमा बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुकसमेत प्रहरीले फेला पारी बरामद गरेको छ। उक्त स्थानबाट छर्रा, फलामका टुक्रा, बारुद र पटाका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद भएका हातहतियार तथा सामग्री सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको भरुवा बन्दुक

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं