काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ ।
त्यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार हालसम्म तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन् ।

त्यस्तै, बाढी तथा पहिरोमा परी हालसम्म २७९ जना घाइते भएका छन् । उपचारपछि विभिन्न अस्पतालबाट १६८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ भने उद्धार तथा राहत कार्यमा २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।