रसुवा । भोटेकोशी बाढीमा परी ज्यान गुमाउने ६६ जनाको शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्ला प्रहरीका अनुसार बेत्रावतीमा १०, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा ६ वटा शव भेटिएका हुन् ।
फेला परेका शवमध्ये ६ जनाको पहिचान भएको छ । बेपत्ता भएकाहरूको खोजी जारी छ भने प्रभावित ६०० भन्दा बढीको उद्धार गरिएको छ ।

बाढीले सडक र पुल बगाएपछि पश्चिमी रसुवाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । विस्थापितलाई विभिन्न गुम्बा तथा विद्यालयमा राखिएको छ ।
विद्युत् र सञ्चार सेवा प्रभावित भए पनि अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क पुनःस्थापित भएको छ । विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले धुन्चेसम्मको लाइन विस्तार तथा मर्मतको काम अघि बढाएको छ ।