काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल आएको टोलीले आजदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ।

टोलीले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा पुगेर खोज तथा उद्धारसम्बन्धी कार्य अघि बढाउने जनाइएको छ। विदेशी विशेषज्ञ टोलीको परिचालनले बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।