काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा झरेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ सय ८५ रुपैयाँले घटेर ४ हजार ५ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।