Lite Nepal

बुधबार, भाद्र १७, २०८३

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते शनिबार हुने भएको छ। रथयात्राको तयारीबारे आयोजक समितिले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो।
आयोजक समितिका अनुसार कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २० गते शनिबार दिउँसो ३ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिनेछ। रथयात्रामा ठूलो संख्यामा भक्तजन तथा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिले रथयात्राका क्रममा संकलन हुने भेटी रकम बाढीपीडितको सहयोगमा खर्च गरिने जानकारी दिएको छ। विपद्बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले भेटी रकम परिचालन गरिने समितिले जनाएको छ।

रथयात्रालाई व्यवस्थित, सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको आयोजक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं