Lite Nepal

बुधबार, भाद्र १७, २०८३

विराटनगर । भोटेकोसी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रानी आँखा उपचार केन्द्रले नगद तथा राहत सामग्री सहयोग गरेको छ ।

विपद्को यस कठिन घडीमा आँखा उपचार केन्द्रले यसअघि २१ हजार १५१ आर्थिक सहयोग गर्नुका साथै बाढीपीडितका लागि आज १५० थान ब्ल्यांकेट समेत राहतस्वरूप प्रभावित क्षेत्रमा पठाएको छ ।

रानी आँखा अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ नत्ररोग विषेशज्ञ डा. अविशेक सुवालले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सामाजिक उत्तरदायित्व भएको बताउँदै राहत सहयोग गरको बताए ।

बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले ब्ल्यांकेट राहत स्वरुप प्रदान गरिएको उनको भनाइ छ । यसअघि उपचार केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्दै विपद् प्रभावित नागरिकको राहतका लागि योगदान गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं