काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १२ सय नाघेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुधबार साँझ ६ बजेसम्मको विवरण अनुसार मानव अंगसहित १२०४ शव फेला परेको हो ।

रसुवामा टिमुरेबाट ल्याइएसँगै ११५ वटा शव फेला परेका छन्। नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार बाढीमा परी बेपत्ताको संख्या ४ हजार २१६ रहेको छ ।