काठमाडौँ । रसुवास्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धारकर्मीले सुरुङभित्र पहुँच मार्ग बनाएर बुधबार साँझ शव निकालेका हुन्।
उद्धारमा समन्वय गरिरहेका एक सैनिक अधिकृतका अनुसार निकालिएका शव नुवाकोट ल्याइएको छ। लाङटाङ हाइड्रोमा विदेशी उद्धारकर्मीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोली सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर खोजी कार्य गरिरहेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिले सुरुङका दुई ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको छ।