Lite Nepal

शुक्रबार, भाद्र १९, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका २ जनामध्ये १ जनाको अवस्था जटिल रहेको छ भने अर्का १ जनाको अवस्था सामान्य रहेको छ ।

जटिल अवस्थामा रहेका कबीर महर्जनलाई यसअघि नै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर रहे पनि थप परीक्षण तथा उपचारका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदै छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विज्ञसहितको संयुक्त टोलीले शुक्रबार बिहान आयोजनाको सुरुङभित्रबाट उनीहरूको उद्धार गरेको हो ।

भोटेकोशी नदीमा भीषण बाढी आएपछि आयोजनाभित्र मानिसहरू फसेको आशंका गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं