विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले पत्रकार महिलाहरूले आयोजना गर्ने तीज कार्यक्रम व्यवस्थापनका लागि हुने खर्च भोटेकोशी बाढी प्रभावितका लागि स्थापना गरिएको राहत कोषमा जम्मा गर्ने भएको छ।
महासंघले आइतबार आयोजना गरेको सामूहिक भेटघाट कार्यक्रममा तीज कार्यक्रमका लागि हुने खर्च कटौती गरी उक्त रकम बाढी प्रभावितको राहतका लागि सहयोग गर्ने निर्णय गरेको हो।

महासंघले विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढी प्रभावितको सहयोगका लागि उक्त रकम राहत कोषमा जम्मा गर्ने जनाएको छ।
