Lite Nepal

आइतबार, भाद्र २१, २०८३
फाइल फोटो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामा निस्किसकेका पर्यटकलाई अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरेको हो।

आइतबार बिहान चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा आएको बाढीले उक्त क्षेत्रमा पदमार्ग, होटल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको प्रशासनले जनाएको छ।

बाढीले चुमनुव्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गाउँपालिकादेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुंगे पुलसमेत बगाएको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८३ भदौ २१ गते बिहान करिब ३स्३० बजे चुमनुव्री गाउँपालिका–४, नामरुङस्थित थेराङ खोलामा बाढी आई चुमनुव्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकादेखि नामरुङ जंगल जाने बूढीगण्डकी नदीको झोलुंगे पुलसमेत बगाएको हुँदा मनास्लु पदमार्ग वा लार्केपास पदमार्गमा यात्राको तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा नगर्नुरनगराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रशासनले पदयात्रीको सुरक्षा तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म यात्रा रोक्न आग्रह गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं