Lite Nepal

आइतबार, भाद्र २१, २०८३

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा रोहित पौडेलले अविजित २४ रन बनाए ।

त्यसअघि इशान पाण्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए । साउदीका लागि इस्तियाख अहमद र मोहम्मद आतिफले २–२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो । साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० तथा मोहम्मद हिशम शेखले १८ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ तथा शेर मल्लले १ विकेट लिए ।

नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं