काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई प्रदान गर्ने घोषणा गरेको छ ।
गुठी संस्थाले आइतबार जोशीको उक्त कृतिलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो । त्यस्तै, जगदम्बा श्री पुरस्कार किरण खरेललाई प्रदान गर्ने घोषणा गरिएको छ ।

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची यसअघि नै सार्वजनिक भइसकेको थियो । सोही सूचीमा रहेका कृतिमध्येबाट ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।