Lite Nepal

सोमबार, भाद्र २२, २०८३

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय रक्सी तथा गाँजा खेतीको प्रवर्द्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने विषय समेटिएको छ।

प्रदेश सरकार सञ्चालनमा सहकार्य गरिरहेका नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा जनस्तरबाट व्यापक माग आएको तथा स्थानीय आयआर्जन र अर्थतन्त्र विस्तारमा योगदान पुग्न सक्ने भन्दै प्रचलित कानुनको दायराभित्र रहेर स्थानीय रक्सी र गाँजा खेती प्रवर्द्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्ने उल्लेख गरिएको हो।

कार्यक्रममा प्रत्येक स्थानीय तहमा एक नमुना सामुदायिक विद्यालय विकास गर्ने नीति पनि अघि सारिएको छ। यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

त्यस्तै, वन क्षेत्रका खाली जमिनको सदुपयोग गर्ने तथा पुराना र ढलेका रुखको उचित व्यवस्थापनमार्फत जनतालाई काठ–दाउराको सुविधा उपलब्ध गराउने र सरकारको स्रोत वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ।

प्रदेश सरकार तथा मातहतका निकायको स्थायी संरचना स्थापना गर्ने कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ।

कार्यक्रम कार्यान्वयनका क्रममा प्रदेशसभामा रहेका अन्य राजनीतिक दल, सरोकारवाला, विज्ञ तथा विशेषज्ञबाट सुझाव र परामर्श लिएर अघि बढ्ने दुई दलले प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं