Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। दीपेन्द्र सिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए।

१४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान तीन विकेट लिए।  अब नेपालले फाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल शनिबार हुनेछ। विजेता टोलीले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं