Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ। रसुवा बाढीका कारण हालसम्म १ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ भने ५ हजार १ सय ३० जना अझै बेपत्ता रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्याङ्क सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

बेपत्ता रहेका कुल ५ हजार १३० जनामध्ये रसुवा र नुवाकोट क्षेत्रका धेरै मानिस रहेका छन्। हालसम्म १०४ वटा शवको सनाखत भएको छ। विपद्पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्।

उद्धारतर्फ हालसम्म १३ हजार ६५६ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार गरिएकाहरूका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। हाल ती होल्डिङ सेन्टरमा नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन्।

नेपाली सेनाका १ हजार ३४८ र सशस्त्र प्रहरी बलका २७२ वटा हवाई उडानमार्फत प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ओसारपसार गरिएको छ। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाले ३ हजार ५५९ जना र सशस्त्र प्रहरी बलले ३ हजार ६०६ जनालाई सेवा प्रदान गरेका छन्।

खोज, उद्धार तथा सुरक्षाका लागि कुल २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

नेपाल सरकारले रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको छ।

सडक तथा हवाईमार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा निरन्तर पठाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं