काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए। विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवमाथि राजीनामा दिन दबाब बढेको थियो।