Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणमा देखिएको सुस्त गतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले निजी क्षेत्रले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना तीव्र गतिमा पुनर्निर्माण गरिरहे पनि सरकारी संरचना अझै उस्तै अवस्थामा रहेको बताए।

नयाँ संसद् भवनबाट बजेट अधिवेशन सञ्चालन हुने अपेक्षा गरिए पनि अस्थायी संरचनाबाटै बैठक चलिरहेको उल्लेख गर्दै आचार्यले राज्यका प्रमुख संरचनाको पुनर्निर्माणमै गति नदेखिनु गम्भीर विषय भएको बताए।

उनले रसुवा र नुवाकोटका बाढीपहिरो प्रभावित नागरिकलाई पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्छ भन्ने विश्वास दिलाउन सरकारलाई चुनौती रहेको भन्दै ढिलाइका नीतिगत तथा व्यावहारिक कारण पहिचान गरी पुनर्निर्माणको गति बढाउन आग्रह गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं