काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ ।
देउवा पक्षले सङ्खुवासभाका नेता एकराज पोखरेललाई निर्वाचन समिति संयोजक तोकेको हो ।

पोखरेल कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए ।
देउवा पक्षले १५ औं महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।