काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कायम भएको थियो।
