विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव १ लाख ६६ हजार क्युसेक नाघेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहान ११ः१५ बजेसम्म कोशी नदीमा १ लाख ६६ हजार २ सय ६५ क्युसेक पानीको बहाव मापन गरिएको छ। पछिल्लो मापनअनुसार पानीको बहाव स्थिर रहेको जनाइएको छ।
ब्यारेजका २० वटा ढोका खुला राखिएका छन्। नदीमा पानीको अवस्था खतराको तहमा रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

